Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झुट्टा प्रमाण पेश गरेको भन्दै विकलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध फेरि पनि मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीविरुद्ध यसअघि सुरक्षण मुद्रणमा अनियमितता गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दा विशेषमा विचाराधिन अवस्थामा छ।

सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा पक्राउ परेका उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो।

विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार कैद सजाय माग गरिएको छ। उक्त दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077