Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार महिनामा १३ सहकारीबाट ३० लाख चोरी गर्ने गिरोहका ६ जना पक्राउ

झापा । झापाका विभिन्न सहकारीको ३० लाख १६ हजार रूपैयाँ चोरी भएको घटना संलग्न रहेका ६ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाले सहकारी चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ फाखेलका २८ वर्षीय अजय राना मगर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न मिति, समय र स्थानहरूबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो समूहले गएको चार महिनाको अवधीमा झापाका १३ वटा सहकारीमा चोरी गरेका थिए।

प्रहरीले सहकारीको नाम भने सार्वजनिक गरेको छैन । यही समूहले मोरङमा पनि विभिन्न सहकारीमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गरिएको हथौडादेखि विभिन्न औजार, मोटरसाइकल र मोबाइल लगायत बरामद गरेको छ।

पक्राउ परेका ६ जनाविरूद्ध जिल्ला अदालत झापाबाट चोरी कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077