Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निगमको न्यारोबडी जहाज आज काठमाडौं आइपुग्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) आज काठमाडौँ आइपुग्ने लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिए । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो ।

इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उनले भने ।

विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उनले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिए ।

सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077