Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दिप लामिछानेको मुद्दा आज हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् ।

८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।

पीडितको जन्ममिति विवाद छ । यसअघि अदालतले तादी गाउँपालिका-२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो ।

ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077