Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सन्दिप लामिछानेको मुद्दा आज हेर्न नभ्याइनेमा

    सन्दिप लामिछानेको मुद्दा आज हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

    पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् ।



    ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।



    यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।

    पीडितको जन्ममिति विवाद छ । यसअघि अदालतले तादी गाउँपालिका-२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो ।

    ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार