Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सन्दिप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता झिकाउन उच्च अदालतको आदेश

    सन्दिप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता झिकाउन उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 522
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

    न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको हो।



    उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।



    जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

    उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।

    दुवै पक्षको पुनरावेदनमा एउटै मुद्दामा राखेर उच्च अदालत पाटनले चैत २३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।

    मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश गर्दै आजका लागि पेशी तोकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार