Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुद्दाको पेसी २१ गतेलाई सरेपछि पाकिस्तान जाँदै सन्दिप

    मुद्दाको पेसी २१ गतेलाई सरेपछि पाकिस्तान जाँदै सन्दिप

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि (सोमबार) पाकिस्तान जाने भएका छन् ।

    जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।



    पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले अनलाइननेपाललाई बताए । उनले भने–‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ ।’



    नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । सन्दिप भने मुद्धाकै कारण रोकिएका थिए । नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।

    एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व उनले यी दुई म्याच खेल्न भ्याउनेछन् । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

    क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दाले आज पनि पालो नपाएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश भएको थियो ।

    बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

    सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

    सन्दीपले जिल्ला अदालतमा कागज गर्दै बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार