Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक भ्रमणका लागि आज नेपाल आइपुग्दै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी आज अपराह्न नेपाल आउन लागेका हुन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, कतारी अमिर राष्ट्रपति पौडेलले साँझ आयोजना गर्ने राजकीय भोजमा सामेल हुनेछन् ।

अमिरले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने छन् भने भोलि नै केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, कतारका राजा अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । उनी भोलि काठमाडौँबाट फर्किने तालिका समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077