Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कतारी राजाको नेपाल भ्रमण : सेनाको कमान्डमा ‘क’ श्रेणीको सुरक्षा

काठमाडौं । आज नेपाल भ्रमणमा आउन लागेका कतारका राजा शेख तमिम बिल हमाद अल थानीलाई 'क' श्रेणीको सुरक्षा दिइने भएको छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको बैठकले कतारी राजाको भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो ।

साँझ ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने शेखलाई सुरक्षा कार्यविधि अनुसार ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरिएको बताइएको छ ।

सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नेछ भने यसको समन्वय जंगी अड्डाबाट हुनेछ । नजिकको घेरामा सेना, त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गर्नेगरी सुरक्षा योजना तय गरिएको छ।

पहिलो पटक राजकीय भ्रमणमा आएका कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थल पुग्नेछन् । कतारका राजा वैशाख १२ मा दिउँसा करिब २ बजेतिर स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077