Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मलेसियामा दुई हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, चालक दलका १० जनाको मृत्यु

    मलेसियामा दुई हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, चालक दलका १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 387
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन्।

    मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।



    दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको छ ।

    स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार