Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुल्तान इब्राहिम बने मलेसियाको नयाँ राजा

    सुल्तान इब्राहिम बने मलेसियाको नयाँ राजा

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 477
    SHARES

    एजेन्सी । सुल्तान इब्राहिम मलेसियाको १७ औं राजा नियुक्त भएका छन्।

    मलेसियाका राजा अल सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहको पाँच वर्षे कार्यकाल समाप्तिसँगै उनी बिदा भएपछि सुल्तान इब्राहिम मलेसियामा नयाँ राजा नियुक्त भएका हुन्। उनी दक्षिणी राज्य जोहोरका सुल्तान थिए।



    मलेसियन नागरिकहरू राजालाई याङ दि-पर्तुआन अगोङ भन्छन्। देशका ९ मले राज्यका सुल्तानहरूलेको बैठकले राजा चयन गर्छ।



    गत वर्षको अक्टोबर २३ मा बसेको बैठकले ६५ वर्षीय सुल्तान इब्राहिमलाई देशको १७ औं याङ दि-पर्तुआन अगोङ नियुक्त गर्ने निर्णय गरेको थियो।

    सो अनुसार बुधबार क्वालालम्पुरस्थित नेशनल प्यालेसमा उनले शपथ लिएका हुन्।

    याङ दि पर्तुआन अगोङको कार्यकाल पूरा गरेका अल सुल्तान अबदुल्लाह सुल्तान अहमद आफ्नो गृहराज्य पहाङका सुल्तानको जिम्मेवारीमा फर्कनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार