Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम

    अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 555
    SHARES

    काठमाडौँ । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ ।

    मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।



    दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गिट जरिबाना र भिसाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाको हकमा तीन सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्ने जनाएको छ ।



    दूतावासले सूचना सार्वजनिक गर्दै मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्किने अवसर लिन आग्रह गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार