Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एलोन मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

    एलोन मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 270
    SHARES

    एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति एलोन मस्कलाई ‘अहङ्कारी’ भनेका छन् ।

    अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएका हुन् ।



    केही दिन अघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो । एक १६ वर्षीय केटाले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।



    अस्ट्रेलियाका दूरसञ्चार नियामकहरूले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणीहरू हटाउन आग्रह गरेका थिए । तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अस्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ ।

    पछि, एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्ण रूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताहरूका लागि मात्र हटाएको थियो । एक्सको जवाफपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले एलोन मस्कलाई निशाना बनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार