Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इप्रका अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब

बारा । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ।

वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल (सर्विस रिवल्वर)सोमबार रातिदेखि गायब भएको हो।

वरिष्ठ सई बिसी सोमबार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077