Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - गृहमन्त्री लामिछानेको विषयमा छानबिन हुनुपर्छ

इलाम। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । महामन्त्री शर्माले सहकारी ठगीमा संलग्न भएको भन्दै आफूहरूले दोषी करार नगरेको भन्दै छानबिन हुनुपर्ने बताए।

महामन्त्री शर्माले भने, ‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए। ए कस्तो लोकतन्त्र ? कस्तो न्याय ? सांसदलाई आरोप मात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो ?’

उनले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई आरोप लाग्नासाथ हटाएको कुरालाई स्मरण गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरे।

उनले सहकारी पीडितहरूलाई न्याय दिनको लागि इलामका जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

महामन्त्री विश्वप्रकाश शर्माले दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो भन्दे प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077