Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको पहिचान अुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077