Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणबारे अमेरिकाले दियो चेतावनी

एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रईसीको पाकिस्तान भ्रमणमा दुई देशबिचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ ।

इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे अमेरिकाले चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको हो।

पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउनेमा जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले बताए।

इरानसँग व्यापारिक सम्झौताबारे विचार गर्ने कुनै पनि देशलाई आफूहरूले प्रतिबन्धको सम्भावित जोखिमबारे सतर्क रहन सल्लाह दिने पनि उनले बताए ।

तर पाकिस्तान सरकारले आफ्नो विदेश नीतिसँग सम्बन्धित कुराहरू भने राख्न सक्ने उनको भनाइ छ ।

यतिबेला इरानी राष्ट्रपति रईसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन् । यस अवधिमा दुई देशबिच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077