Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह

एजेन्सी। भारतीय र्‍यापर तथा गायक बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको खुलासा भएको छ ।

बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल भएका हुन् ।

पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन् ।

पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको लागि रमाइलो तरिकामा पोज दिइरहेका छन्।

तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएका छन् ।

हानिया आमिर र बादशाहबिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ-आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू साझा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077