Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशनको खुलासा

एजेन्सी । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो ६ महिनाको बसाइमा विभिन्न अन्तरिक्ष विज्ञान र अनुप्रयोग परीक्षण र अन्तरिक्ष पदयात्रा गर्ने बताएका छन् ।

चीन मानव अन्तरिक्ष एजेन्सी सिएमएसएले गरेको पत्रकार सम्मेलनमाफर्त अन्तरिक्ष यात्रीले यस्तो घोषणा गरेका हुन्। सेनझोउ–१८ चालक दलसहितको अन्तरिक्ष यान चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गर्ने तालिका छ ।

चालक दलले सूक्ष्म गुरुत्वाकर्षण, अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान, अन्तरिक्ष चिकित्सा तथा अन्तरिक्ष प्रविधिमा आधारित आधारभूत भौतिक विज्ञानका क्षेत्रमा ९० भन्दा बढी प्रयोग गर्नका लागि वैज्ञानिक प्रयोग क्याबिनेट र ‘एक्स्ट्राभेहिकुलर पेलोड’ को प्रयोग गर्ने सिएमएसएका उपनिर्देशक लिन सिकियाङले बताए ।

एक्स्ट्राभेहिकुलर पेलोड वातावरणीय सुरक्षा, गतिशीलता, जीवन प्रदान गर्ने एक स्वतन्त्र एन्थ्रोपोमोर्फिक स्पेस सूट हो । मिसन अवधिमा देशको पहिलो इन–अर्बिट जलीय पर्यावरण अनुसन्धान परियोजना कार्यान्वयन गरिनेछ ।

‘जेब्राफिस’ र ‘गोल्डफिश’ अल्गीको प्रयोग गरेर कक्षामा ‘सेल्फ–साइक्लिङ एक्वाटिक इकोसिस्टम’ स्थापना गर्न परियोजनाले अन्तरिक्षमा कशेरुकाको खेतीमा सफलता हासिल गर्ने लक्ष्य राखेको उपनिर्देशक लिनले बताए।

उनले बिरुवाको स्टेम टिप्समा संसारको पहिलो इन–अर्बिट स्टेम सेल अध्ययन गुरुत्वाकर्षणमा बिरुवाको विकासवादी अनुकूलनको संयन्त्र प्रकट गर्न र अन्तरिक्ष बालीका लागि सैद्धान्तिक समर्थन प्रदानका लागि गरिने बताका छन्।

सेनझोउ–१८ अन्तरिक्ष यात्रीले दुईदेखि तीनवटा एक्स्ट्राभेहिकुलर (इभिए) गतिविधि सञ्चालन गर्ने र स्टेसनको कार्गो एयरलक मोड्युलमार्फत छ वटा कार्गो आउटबाउन्ड डेलिभरी कार्यान्वयन गर्नेछन् ।

एयरलक एउटा स्टेशन मोड्युल हो जसले अन्तरिक्ष स्टेशनमा प्रवेश गर्ने र बाहिर निस्कने स्थानको रूपमा कार्य गर्दछ ।

तीनवटा बाह्य गतिविधि सञ्चालन गर्ने समयमा अन्तरिक्ष यात्रीले बाहिरी पाइपिङ, केबल र महत्त्वपूर्ण उपकरणका लागि अन्तरिक्षमा रहेका फोहर सुरक्षा सुदृढीकरण स्थापना गर्ने र अन्तरिक्ष स्टेशनको सुरक्षालाई थप सुरक्षित गर्नका लागि उपयुक्तरूपमा बाह्य निरीक्षण पूरा गर्ने लिनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077