Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस उम्मेदवार खड्कालाई इंगित गर्दै ओलीले भने - एउटा बाटो बनाउन नसक्नेले देश बनाउने रे !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ भन्दै व्यंग्य गरेका छन् ।

कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ईङ्गित गर्दै अध्यक्ष ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै व्यंग्य गरेका हुन् ।

निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै अध्यक्ष ओलीले बाटो किन नबनेको भन्दै प्रश्न गरे ।

उपनिर्वाचनको प्रचारका लागि इलाम–२ चुलाचुलीमा आयोजित सभामा अध्यक्ष ओलीले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्छु भनेर।’

एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने ओलीले जिकिर गरे ।

चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको अध्यक्ष ओलीले बताए ।

चिया निकासीको समस्या समाधान भइसकेको ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077