Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानडा र माल्टा पठाईदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईनरुवा नगरपालिका घर भई हाल चन्द्रागिरी नगरपालिकाको नैकाप बस्ने सत्यन्द्र श्रेष्ठ र बागलुङको काठेखोला गाँउपालिका घर भई हाल काठमाडौंको वनस्थली बस्ने विवेक कँडेल रहेका छन् ।

उनीहरुले युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने र आकर्षक तलबको प्रलोभनमा पारी रकम असुल्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पिडितहरुबाट रकम लिएर उनीहरु सम्पर्क विहीन भएपछि पिडीतहरुले प्रहरीका जाहेरी दिएका थिए ।

श्रेष्ठले क्यानडा क्यानडामा आक्रर्षक तलवको प्रलोभन देखाई ६८लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, कँडेलले माल्टामा आकर्षक तलवको प्रलोभन देखाएर सनिशा चौधरीसहित तीन जनासँग तीन लाख ठगी गरेर फरार भएका थिए ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077