Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो, राजीनामा दिन्न : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन् ।

बुधवार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले सो आरोप लगाएका हुन् ।

उनले कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको बताए । कांग्रेसले माग्दैमा आफूले राजीनामा नदिने जिकिर पनि उनको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077