Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

मस्को । रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ।

उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ। रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्ष रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो । युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो।

अठ्चालीस वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरीदको रेखदेख गरेका थिए र रूसी सेनाले कब्जा गरेको युक्रेनी शहर मारिउपोलको रूसी उच्च ओहोदाको पुनर्निर्माणसँग जोडिएको थियो।

“रूसी महासङ्घका उपरक्षामन्त्रीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ,” मस्को अदालतको सञ्चार सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विशेषगरी ठूलो परिमाणमा घूस लिएको अभियोगमा उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ। इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएअनुसार इभानोभले उक्त आरोप अस्वीकार गरेका छन् ।

रूसी केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्।

सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेलहरू प्राप्त गरेको बताएको थियो।

उनले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेको बताइएको छ।

तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ।

क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन शोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारीबारे सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ। प्रवक्ता दिमित्री पेस्कोभले भने, “यस विषयमा अनुसन्धान हुनेछ।”

सैनिक पोशाकमा प्रतिवादीहरूको आरोपबारे जवाफ दिन ४८ वर्षीय इभानोभले बुधबार अदालतमा सिसाको कोठाभित्र उभिएका थिए।

अदालतले भनेको छ, “अनुसन्धानकर्ताहरूले उहाँ रक्षा मन्त्रालयको लागि सम्झौता र सह–सम्झौताको कामको क्रममा सम्पत्ति सेवाको रूपमा विशेष गरी ठूलो मात्रामा घूस लिने ‘आपराधिक षडयन्त्र’ को हिस्सा भएको विश्वास गरेका छन्।”

न्यायाधीशले उनलाई कम्तीमा जुन २३ सम्म पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छन्। उनलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिने तासले जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077