Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई ओलीले भने – अब संसद् भवनमै भेटौँला

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई अब संसद भवननै भेट्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सुहाङको पक्षमा प्रचार गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद भवनमै भेटौँला !’

उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौनअवधि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077