Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्टइन्डिजविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिजसँग पाँच टी–२० खेल खेल्ने आफ्नो टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।

यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।

नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।

नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ ।

नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।

नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077