Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर ब्यूरोले भन्यो – गणेशमानको भ्रमपूर्ण भिडियो सन्देशमा सत्यता छैन

काठमाडौं। गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको साइबर ब्यूरोले जनाएको छ ।

साइबर ब्यूरोले विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको हो।

ब्यूरोको विज्ञप्तिमा भनिएको छ,‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’

गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीलाई लिएर ब्युरोले यातना दिएको दाबी गरेका थिए ।

इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।

केही महिनाअघि लामिछानेलाई आफूले सहकारी ठग भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको र त्यही विषयलाई लिएर मंगलबार ब्युरोले आफूलाई बोलाएको उनले भिडियोमा भनेका छन्।

उनका अनुसार प्रहरीले बुधबार मोबाइल लिएर आउनु भनेपछि उनी ब्युरो पुगेका थिए। ब्यूरोले बोलाएपछि सिंहले सिटामोल खाएर आएको ब्यूरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए । साइबर ब्यूरोमा आउँदा सिटामोल खाएर आएको खुलेपछि प्रहरीले उनलाई अस्पताल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077