Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमाले छाड्ने भीम रावलको संकेत, भने - गोदावरीमा मलाई निषेध गरियो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमाले परित्यागको संकेत गरेका छन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले यस्तो संकेत गरेका हुन् ।

नेता रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको बताए।

पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

उनले आफूले आफूलाई पार्टीबाट धकेल्ने प्रयास भइरहेको बताए । उनले आफूलाई अहिले नेतृत्वले घुम्तीमा धकेलेको महसुस गरे पनि पार्टी छाडेको घोषणा नगर्ने बताए ।

घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077