Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चौधरी ग्रुपलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

निरीक्षणका क्रममा चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई तयारी चाउचाउमा निम्न गुणस्तरको पाल्म तेल प्रयोग गरिएको भन्दै महानगरले दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

महानगरले भनेको छ,‘चौधरी ग्रुपलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड 'घ' बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा '१' को खण्ड 'ख' बमोजिम २ लाख जरिवाना गरिएको छ।’

गत वैशाख २ गते काठमाडौं महानगर-६ स्थित विभिन्न पसलहरूको उजुरीको आधारमा काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले अनुगमन गरेको थियो।

स्थलगत निरीक्षण गर्दा चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई तयारी चाउचाउमा निम्न गुणस्तरको पाल्म तेल प्रयोग गरिएको भेटिएको थियो।

त्यसदिन भेटिएको अन्दाजी १५/१६ कार्टुन त्यही दिन डिलरको प्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077