Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ । दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बिहीबार मोटरसाइकलले ठक्कर दिँदा सल्यान घर भई शान्तिनगर-७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको हो ।

शान्तिनगर-७ खैरेनीस्थित प्रतिक्षालयमा पश्चिमबाट तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ मोटरसाइकलले थापालाई ठक्कर दिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा बबई(३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक र त्यसमा सवार २५ वर्षीय प्रकाश रसाइली घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077