Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुँगुरको मिर्गौला जीवित मानिसमा प्रत्यारोपण

एजेन्सी । संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानवमा प्रत्यारोपण भएको छ ।

शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

न्युयोर्कको एनवाईयू ल्याङ्गोन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

ती महिला हृदयघात र अन्तिम चरणको मिर्गौला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् ।

डाक्टरहरूले मिर्गौला प्रत्यारोपणअघि हृदयघातको उपचार स्वरूप मेकानिकल पम्प दिएका थिए । यस्तो जटिल अवस्थाको बिरामीमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको डाक्टरहरूको दाबी छ ।

यस्तै गएको मार्च महिनामा पहिलो पटक अमेरिकामै एक जीवित बिरामीमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077