Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्यारो बडीबाट आइतबारदेखि नियमित उडान

काठमाडौँ । पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ ।

इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिए ।

उनल भने, “इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई) ले वैशाख १० मा जहाजको इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसकेको छ । नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि पूर्वतालिका अनुसार जहाज नेपाल आउन सकेन । अब शनिबारसम्म जहाज नेपाल आइपुग्छ ।”

प्रवक्ता पुनका अनुसार इजरायलबाट दुबई हुँदै नेपाल जहाजले दुबईबाट यात्रुसहित व्यावसायिक उडान गरेर नेपाल आउने छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077