Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीदरबार गाउँपालिका ३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।

बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077