Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिन्धुलीको एसपीमा तिमल्सिना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी अर्जुनप्रसाद तिमल्सिनालाई सरुवा गरेको छ ।

स्रोतका अनुसार सिन्धुलीका एसपी बिनोद शर्मा कारबाहीमा परेपछि तिमल्सिनालाई काजमा खटाइएको हो।

एसपी तिमल्सिना हाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन्।

स्रोतका अनुसार उनी एक हप्तापछि मात्र सिन्धुली हाजिर हुने बताइएको छ। एसपी शर्मा दुई महिनामै सिन्धुलीबाट कारबाही स्वरूप हटाइएका हुन्।

कार्यसम्पादनका विषयमा विभिन्न निकायबाट उजुरी आएपछि उनलाई हटाइएको स्रोतले बतायो ।

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका केही डिएसपीको पनि सरुवाको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077