Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप क्रिकेटअघि नेपालले वेस्टइन्डिजमा अभ्यास गर्ने

काठमाडौं । नेपाली क्रिकेट टिमले विश्वकपअघि वेस्टइन्डिजमा अभ्यास गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्टइन्डिजमा रहेर प्रशिक्षण र अभ्यास गर्न लागेको हो ।

नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ ।

हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ ।

नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077