Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानडा लैजाने भन्दै दुबई पुर्‍याएर बेचबिखन गर्ने फरमान पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पुर्‍याइदिन्छु भन्दै दुबई पुर्‍याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-३ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने फरमान हवारी रहेका छन् ।

हवारीलाई मानवबेचबिखन अनुसन्धान व्युरोको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयनमा नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

मानवबेचबिखन अनुसन्धान व्यूरोका अनुसार हवारीले टिकटक माध्यमबाट चिनजान भएका मानिसलाई क्यानडा पठाइदिने प्रलोभनमा पार्ने गरेका थिए ।

उक्त पीडितलाई पनि क्यानडा पुर्‍याइदिन्छु भन्दै दुबईमा बन्धक बनाएर राखेका थिए। पीडितले आफूलाई बन्धक बनाएर राखेको कुरा आफन्तलाई दिएपछि उनीहरूले नेपाल फर्काउन सफल भएको प्रहरीलाई बताएका छन्।

पीडितलाई क्यानडा जानका लागि ३० लाख रूपैयाँ लाग्ने र विवाह गर्ने प्रलोभन देखाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीसँग अन्य व्यक्तिहरूपनि संलग्न भएको देखिएको छ।

अन्य व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। उनीविरूद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट थप ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077