Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र परिवर्तन गर्न पाउने भएका छन् ।

ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

एचआरडी सर्भिस अफ कोरियाले २५ अप्रिल २०२४ अप्रिलमा ईपीएस शाखा कार्यालयलाई पत्र पठाउँदै उनीहरूलाई रोष्टर परिवर्तनको मौका दिएको छ ।

कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्न सकिने बताएको हो ।

सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रबारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ ।

त्यसका लागि वेबसाइटमा रहेको नमुना फाराम पिन्ट गरी पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077