Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता सोधी बेपत्ता

एजेन्सी। ‘तारक मेहताका उल्टा चश्मा’ मा सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह पछिल्लो ५ दिनदेखि बेपत्ता छन् ।

२२ अप्रिलमा उनी नयाँ दिल्लीबाट मुम्बईको लागि प्रस्थान गरेका थिए । त्यसपछि उनको बारेमा कसैलाई खबर छैन ।

यस मामिलामा गुरुचरणका बुबाले अप्रिल २५ मा दिउँसो ३ बजे दिल्लीको पालम पुलिस स्टेशनमा हराएको उजुरी दिएका थिए।

प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ जसमा गुरचरण सिंह घरबाहिर निस्किएको देखिन्छ ।

सिंहको फोन पनि २४ अप्रिलसम्म चलिरहेको थियो तर अहिले स्वीच अफ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077