Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

केपी ओलीप्रति इंगित गर्दै माधव नेपालले भने - कोही कोहीको काम हामीलाई हेप्नेमात्रै छ !

हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थी प्रतिगामी शक्तिहरू सलबलाउन थालेको टिप्पणी गरेका छन्।

हेटौंडामा पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरू संविधानविरूद्ध लागि परेको बताए।

उनले लोकतन्त्रवादी र संविधानका पक्षधरहरु प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध हुनुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले भने,'कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ।'

२०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको एकताले प्रतिनिधिसभामा प्राप्त झण्डै दुई तिहाइको बहुमतबाट पनि मुलुकको समृद्धि सम्भव नहुनु दुखद रहेको अध्यक्ष नेपालले बताए ।

यसो हुनुमा नेतृत्वमा अहंकार देखिनु मुख्य कारण रहेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहिले पनि आफूहरुलाई हेप्ने काम भइरहेको बताए।

उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077