Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सकियो उपनिर्वाचनमा मतदानको समय

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।

आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो।

इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो।

यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन्। लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन्।

मतदान सम्पन्न भएपछि सर्वदलीय छलफल राखेर मतगणनाको समय निर्धारण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077