Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाका उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

इलाम । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेका थिए ।

उक्त फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो ।

उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077