Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ । नेपाल आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ ।

खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि सो अभ्यास खेल खेल्न लागिएको बताइएको छ ।

आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077