Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल भ्रमणमा आउँदै जापानकी परराष्ट्रमन्त्री योको

काठमाडौं। जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले नेपाल भ्रमणा गर्ने भएकी छन् ।

जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमणा गर्ने जानकारी दिएको छ ।

अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ ।

श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077