Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वेष्टइन्डिजविरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । वेष्टइन्डिजविरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।

उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरे ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले क्यारेबियन टोलीलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077