Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौं । टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा जीतका लागि १७ चाहिने भए पनि नेपालले ७ रनमात्रै जोडेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । त्यसैगरी गुलशन झाले २६ रन, लोकेश बमले १७ रन,आरिफ शेखले १२ रनको योगदान गरे। अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २र२ विकेट,ओसेन थोमस र रोस्टन चेजले १/१ विकेट लिए।

त्यस अगाडि वेस्ट इन्डिज ‘ए’का ०६ रनको योगफल बनाउँदा आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। कप्तान रोस्टन चेजले २३ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २र२,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

शनिवार पहिलो खेलमा नेपालले २०५ रनको लक्ष्य पनि २ बल अगाडि नै भेट्टाउँदा ४ विकेटको जीत हासिल गरेको थियो । आइतवार वेस्ट इण्डिजले जितेपछि ५ खेलको श्रृंखलामा १/१ को बराबरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077