Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्दै सहायता संस्था

एजेन्सी । अमेरिकी सहायता सङ्गठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण फेरि सुरु गर्ने भएको छ ।

झण्डै एक महिनाअघि इजरायली आक्रमणमा परेर आफ्ना सात जना कर्मचारीको ज्यान गएको घटनापछि वल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो ।

यो संस्थाले विज्ञप्ति निकालेर गाजामा सहायता अति आवश्यक भएकाले सहयोग जारी राख्ने बताएका हो ।

सहयोगका लागि संस्थाले ८० लाख प्याकेट खाद्यान्नसहित २ सय ७६ ट्रक तयार पारिसकेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077