Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम–२ मा सुहाङले कटाए १३ हजार मत, ४ हजार ६८३ मतको अग्रता

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३ हजार ६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

नेम्वाले ४ हजार ६८३ मतले अग्रता लिएका छन् । ३२ हजार मत गन्दा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका हुन्।

माई नगरपालिकाको वडा नम्बर ८ गनिसक्दा एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३८६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार ९८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले भने १ हजार ७१३ मत प्राप्त गरेका छन्।

इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ। अहिलेसम्म त्यहाँ ३२ हजार १९४ सदर मत गणना भएको छ।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ। २०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077