Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता

इलाम । इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतले अग्रता लिएका छन्।

एमाले उम्मेदवार नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन्।एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार ५७० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्।

इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ।

देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मत गणना भएको छ।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077