Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार

काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा कायम भएको छ।

आइतबार १४.३३ अंकले बढेको थियो। सेन्सेटिभ इण्डेक्स ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा कायम भएको हो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम अघिल्लो कारोबार दिनभन्दा बढेको छ। यसदिन ३१७ स्क्रिप्सको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार २ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

पोखरा फाइनान्स,जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी नेपाल फाइनान्सको ९.९८ प्रतिशतले बढ्दा गुराँस लघुवित्त वित्तीय संस्थाको ७.६१ र सप्तकोशी डेभलपमेन्टको ६.९९ प्रतिशतले मूल्य बढेको हो।

१७ करोड बढिको कारोबार गरी पोखरा फाइनान्स शीर्षस्थानमा रह्यो। नेपाल फाइनान्सको १४ करोडको सेयर कारोबार हुँदा जानकी फाइनान्सद र गोर्खाज फाइनान्सले ९/९ करोडको सेयर कारोबार गरे।मल्टिप्रपोज फाइनान्सको ७ करोड बराबरको कारोबार भयो।

४ समूहका उपसूचक बढ्दा ९ समूहका उपसूचक भने नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स उपसमूहको सूचक भने ४.१७ प्रतिशतले बढ्यो।

कारोबारमा आएका ९९ स्क्रिप्सको मूल्य बढ्दा १२८ वटाको मूल्य घट्यो भने १७ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077