Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रूसी सेनामा गएकालाई फिर्ता ल्याउन माग गर्दै प्रदर्शन

काठमाडौं । रूसी सेनामा गएकालाई फिर्ता गर्न माग गर्दै प्रदर्शन गरिरहेका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनसन बसेको ११ दिनसम्म सरकारले वास्ता नगरेको भन्दै रूसी राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कृतु भण्डारी, सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट, मोहन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

अहिले उनीहरूलाई मालीगाउँस्थित प्रहरी कार्यालयमा राखिएको छ। रूसी सेनामा आबद्ध भएका आफन्तलाई स्वदेश फर्काउन माग गर्दै परिवार ११ दिनदेखि अनसन छन्।

उनीहरू भृकुटीमण्डप त कहिले शान्तिवाटिका पार्कमा अनसन बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077