Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगानीका लागि नेपालले सहजीकरण गर्छ, लगानी गर्नुस् : परराष्ट्रमन्त्री श्रेष्ठ

​​काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार र सोमवार आयोजित तेस्रो लगानी सम्मेलन समापन भएको घोषणा गरेका छन् ।

समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिएका थिए ।

नेपाल सरकारले लगानीका लागि धेरै सहजीकरण गर्ने भन्दै उनले समापन सम्बोधनमा सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

'यहाँहरूको सहभागिता र समर्थनका लागि धन्यवाद,' मन्त्री श्रेष्ठले भने, 'लगानीका लागि नेपालले सकेको सहजीकरण गर्छ, यहाँहरू सबैलाई म नेपालमा लगानी गर्न अनुरोध गर्न चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077